अभिनेत्री झरना थापाले निर्देशन गरेको दोश्रो सिनेमा ए मेरो हजुर ३ को टिजर मात्र आएको छ । तर, झरनाले समय समयमा सिनेमामा समावेश तस्बिर पनि सार्वजनिक गरिरहेकी हुन्छिन् । झरनाले हालैमात्र ए मेरो हजुर ३ मा समावेश एउटा फोटो पोष्ट गरिन् ।

जहाँ, अभिनेता अनमोल केसी सुहानाको अगाडि घुँडा टेकेर बसेका छन् र उनलाई प्रपोज गरिरहेको देख्न सकिन्छ । झरनाले स्टाटसमा लेखेकी छिन्, माया धेरै खोजने होइन, पाएको मायालाई सम्हाल्न सिक । जिन्दगी उसै प्रेममय बन्ने छ । झरनाले लेखेको यो स्टाटस सिनेमाको संवाद पनि हुनसक्छ ।

झरनाले पोष्ट गरेको यो तस्बिरले दर्शकमा कौतुहलता अझै बढाएको छ । यो सिनेमामा अनमोल केसी र झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका छ । सिनेमा चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV