सिनेमा कबड्डी ३ बन्ने भएको छ । यो सिनेमाको अहिले कथा लेख्ने काम भैरहेको छ । सिनेमालाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । सिनेमामा दयाहाङ राई, विजय थापा लगायतका कलाकार हुने पक्का छ । तर, यसपटक यो सिनेमामा अभिनेता प्रदिप खड्काको प्रवेश हुने भएको छ ।

अभिनेता खड्काले सिनेमाका लागि मौखिक सहमती गरिसकेका छन् । उनीसँग लिखित सहमती भने नभएको निर्देशक रामबाबु गुरुङले बताएका छन् । सिनेमामा प्रदिपले लिखित संझौता गरेपछि, पहिलो पटक दया र प्रदिपलाई एउटै पर्दामा दर्शकले देख्न पाउनेछन् ।

रामबाबुलाई निर्देशनमा स्थापित गरेको कबड्डीको तेश्रो सिक्वेलको छायांकन जेठबाट सुरु गर्ने उनको योजना छ ।

For More videos Log on to Mazzako TV