अनमोल र प्रदिपले फिल्म गर्ने कुरा के हो ?
अभिनेता अनमोल केसी र अभिनेता प्रदिप खड्का सिनेमा बजारमा चर्का प्रतिस्पर्धी हुन् । दुबै हिरोलाई दर्शकले मन पराउने र निर्माताले पनि लिन खोज्ने भएकाले उनीहरुमा प्रतिस्पर्धा देखिएको हो । तर, अभिनेता प्रदिप र अनमोल आफूहरुलाई प्रतिस्पर्धी भने मान्दैनन् ।

झन्, अभिनेता प्रदिप खड्काको कुरा सुन्ने हो भने अनमोलसँग उनको सम्बन्ध गाढा छ । अभिनेता प्रदिप खड्काले अनमोलसँग सिनेमा खेल्ने कुरा बोलेपछि अहिले यसले चर्चा पाएको छ । प्रदिपले आफू र अनमोललाई हुने गरि एउटा कथा रहेको र यस बिषयमा अनमोलसँग चाडै नै कुरा गर्ने पनि बताएका छन् ।
उनले, अनमोल र आफू सिनेमा खेल्न तयार भएको पनि बताए । प्रदिपको यो कुरासँग अहिले अनमोल र प्रदिप सिनेमा खेल्न लागेको कुरा आइरहेको छ । तर, यो बिषयमा अनमोलले भने कुनै भनाई सार्वजनिक गरेका छैनन् ।