अनमोलको वरिपरी पैसा नै पैसा
अभिनेता अनमोल केसीलाई पैसामुखी भएको आरोप लाग्दै आएको छ । एउटै सिनेमा खेल्दा महंगो रकम मागिदिने अनमोल पैसा हेर्न थालेका छन् भन्ने आलोचकहरु आलोचना पनि गर्छन् । तर, अनमोल यो कुरा स्विकार गर्न तयार छैनन् ।

किनकी, अनमोल केसी अहिले आफूलाई सिनेमाको अफर धेरै आउने गरेको बताउछन् । तर, सिनेमाको अफर मात्र होइन, निर्माताले पैसा दिन पनि तयार हुने उनको भनाई छ । अभिनेता केसीले पैसाको पछि आफू भन्दा पनि आफ्नो वरिपरी पैसा घुमेको बताएका छन् ।
उनले, आफूलाई निर्माताले खेल्छु मात्र भनिदिने हो भने बैंकमा ५० लाख रुपैयाँ हाल्न तयार हुने पनि बताए । तर, आफूले पैसा नहेरेको अनमोलले बताए ।








