साम्राज्ञीको रेष्ट
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले आराम छ । उनलाई सिनेमा खेल्नका लागि हतार छैन । किनकी, उनी एउटै सिनेमाबाट महंगो रकम लिन्छिन् र त्यसलाई नै समय बढी दिन्छिन् । साम्राज्ञीलाई अहिले साइकल चढेर विभिन्न मन्दिरमा पुग्न रमाइलो राखिरहेको छ ।

यसो गर्दा आफूलाई पनि आराम मिल्ने र वरिपरीका मानिस देख्दा रमाइलो लाग्ने उनले उल्लेख गरेकी छिन् । साम्राज्ञीले अभिनय गर्न लागेको सिनेमा मारुनीको छायांकन केही दिनमा सुरु हुँदैछ । यसैले सिनेमाको छायांकन सुरु भएपछि उनी बढी व्यस्त हुनेछिन् । तर, व्यस्त हुनु अगाडि नै उनी आनन्द महशुश गर्न चाहन्छिन् ।
साम्राज्ञी आनन्दका लागि विकिनी लगाएर स्विमिङ पूलमा रमाएको देखिन्थ्यो । तर, यसपटक साइकल चढेर मन्दिरमा पुग्दा उनी बढी आनन्द महशुश गरिरहेकी छिन् ।
For More videos Log on to Mazzako TV