‘रेलिमाई’ को सफलतापछि गायक तथा मोडल आर्जन पाण्डेले ‘रेलिमाई २’ रिलिज गरेका छन् । आठ महिनाअघि रिलिज भएको ‘रेलिमाई’ लाखौं श्रोता तथा दर्शकको मन जितेको थियो, भने गीत हालसम्म युट्युवमा ७५ लाख बढि पटक हेरिएको छ । गीतलाई आर्जन र ईन्दिरा जोशीले गाएका थिए । भने भिडियोमा आर्जन र ईन्दिराकै अभिनय थियो ।

रेलिमाई सिक्वेललाई आर्जनले ‘झिमिक्कै परेली’ शिर्षक दिएर आइतबार रिलिज गरेका हुन् । फिमेल भोकलमा मेलिना राईले साथ दिएकी छिन् । भिडियोमा भने आर्जनले अभिनेत्री केकी अधिकारीसँग रोमान्स गरेका छन् । आर्जन र केकी प्रेमी प्रेमिका भएको मिडियामा चर्चा छ । तर आर्जन र केकीको भने यो कुरालाई गलत भन्दै आएका छन् ।

बिशाल भण्डारीको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारले खिचेका हुन् भने सम्पादन प्रबिन श्रेष्ठले गरेबका हुन् ।

For More videos Log on to Mazzako TV