कर्मा र आनाको‘किच किचे माया’ सार्बजनिक(भिडियो)
नेपाली र अंग्रेजी भाषामा बनेको चलचित्र ‘द म्यान फ्रम काठमाण्डौ’ को नयाँ गीत सार्वजनिक भएको छ । उक्त चलचित्र केही चर्चित विदेशी कलाकारको साथमा नेपाली कलाकारले अभिनय गरेका छन् । सार्बजनिक गीतमा सुजेन्द्र डी. कार्कीको शब्द तथा संगीत छ भने चन्दध्वज केसीको स्वर छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई देखाइएको छ । भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ । भिडियोलाई रेनशा वान्तवा राइको कोरियोग्राफी छ । निर्देशक पेमा ढोन्डुपको निर्देशनमा तयार भएको यो चलचित्रमा नकिम उद्दिन र पेमाको लगानी छ । कर्मा र आनाको साथमा हलिउड बाट होजे म्यानुयल, बलिउडका गुल्सन ग्रोबर ,पाकिस्तानका हमीद शेख र नेपाली कलाकार हरु शिशिर बाङ्ग्देल, अमिर गौतम, निर शाह लगाएत कलाकार को अभीनय छ । चलचित्र चैत्रको १ गतेबाट रिलिज हुँदैछ ।