अष्ट्रेलिया बस्ने आयुष्काको मज्जाको देशभक्ती गीत (भिडियो)
बाल गायिका आयुष्का खनियाको नयाँ गीतको म्युजिक भिडीयो सार्वजनिक भएको छ । देश भित्र रहेनीबोलको उक्तगीतमाडाक्टर कृष्णहरी बरालको शव्द रहेको छ भने गैरे सुरेशले संगीत भरेका छन् ।
रेडियो अडियोको प्रस्तुती रहेको राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीत मंगलवार आयुष्का खनियाकै आधिकारीक युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । ललितपुरको गोदावारीमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन कलाकार तथा सञ्चारकर्मी सन्तोष खनालले गरेका हुन् ।

गीतमा सुमन सागर जंग केसीको कोरियोग्राफी, वुद्ध थापाको छायांकन र सुरेश राउतको सम्पादन रहेको छ । गीतमा गायिका आयुष्कासंगै बि मानब आर्ट स्टुडियोका बालबालिकाहरुको अभिनय छ ।
यस अघि आयुष्काले गायक अलमोडा राना उप्रेतीसँग मिलेर जुन त लाग्यो ताराले बोलको कभर गीतगाएकी थिइन् । उनले गाएको जुन त लाग्यो ताराले बोलको कभर गीतले युटुवमा करिव ५० लाख भ्युज पाएको छ ।








