अभिनेत्री नीता ढुंगानाले सिनेमा निर्माणको थालनी गर्न नसक्नुको मुख्य कारण निर्माता नपाएको वुझिएको छ । २ बर्ष अगाडि उनले जन्मदिनमा सिनेमा बनाउने बताएकी थिइन् । तर, सिनेमाका लागि सबै तयारी पुरा गरेर बसेकी नीताले निर्माता भने पाउन सकेकी छैनन् ।

उनले, एक निर्माता पाइसकेपनि पछि उनी भागेको वुझिएको छ । नीताले यही कारणले पनि सिनेमा बनाउन नसकेको उल्लेख गरेकी छिन् । अभिनेत्री, ढुंगानाले आफू एक्लैले सिनेमा बनाउन नसक्ने पनि बताएकी छिन् ।
उनले, आफूसँग एक्लै सिनेमा बनाउने पैसा नभएको पनि बताइन् । अहिले नेपालमा सिनेमा निर्माणमा कलाकार नै अग्रसर हुने गरेका छन् ।

For More videos Log on to Mazzako TV