अहिले सिनेमा क्याप्टेनको सर्वत्र चर्चा छ । यो सिनेमा फागूणको १७ गतेबाट रिलिज हुँदैछ । सिनेमा रिलिज हुनु भन्दा अघि अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरी प्रचारमा खुबै दौडिएका पनि छन् ।

अभिनेता उपासना सिंह ठकुरीले अनमोलसँग बढी स्थान पनि पाएकी छिन् । अनमोलसँग सिनेमामा काम गर्ने अभिनेत्रीको भाग्य बदलिन्छ भन्ने चर्चा पनि हुने गर्दछ । के उपासनालाई अनमोलसँग काम गर्दा करिअर नै बदलिन्छ भन्ने लाग्छ होला ? अभिनेत्री उपासनाले अनमोलसँग काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताइन् ।

तर, अनमोलका कारण भाग्य बदलिने कुरामा भने आफूलाई विश्वास नलागेको उनको भनाई छ । किनकी, आफूले राम्रो काम गरेको खण्डमा मात्र भाग्य बदलिने उनको भनाई छ ।

For More videos Log on to Mazzako TV