समिक्षकले खुबै रुचाएको सिनेमा हो, बुलबुल । यो सिनेमालाई विनोद पौडेलले निर्देशन गरेका हुन् । बुलबुल सिनेमालाई समिक्षकले रुचाएजस्तै दर्शकले पनि रुचाउने अपेक्षा यसको निर्मातालाई थियो । तर, सिनेमालाई दर्शकले रुचाएनन् ।

बरु, यो सिनेमाको व्यापार राजधानी बाहिर मात्र होइन भित्र पनि खराब नै छ । सिनेमालाई समिक्षकले उत्कृष्ट भन्दा दर्शकले भने हाई काँडेका छन् । यही भएर नै हो, सिनेमाले देशबाट गतिलो कमाई गर्न सकेको छैन । स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यो सिनेमाले एक टेम्पो चालिका महिलाको कथालाई उठान गरेको छ ।

For More videos Log on to Mazzako TV