चैत १ गतेबाट प्रदर्शन हुने फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को ‘किचकिचे माया’ बोलको गीत सार्वजनिक भएको छ । नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को गीत रिलिज भएको हो । गीतमा अभिनेता कर्मा र अभिनेत्री आना शर्मा प्रस्तुत छन् ।

सुजेन्द्र डि. कार्कीको शब्द तथा संगीत रहेको गीतमा चन्दनध्वज केसीको स्वर छ । गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन्, भने भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ । फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।
क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिनले फिल्म निर्माण गरेका हुन् ।

फिल्ममा आना र कर्मासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV