पारिश्रमिक पाएपछि ट्रेलर रिलिजमा पुगिन् बर्षा
अभिनेत्री बर्षा सिवाकोटीले सिनेमा पुरानो बुलेटमा काम गरेको रकम नपाएको खबर आएको धेरै भएको छैन । यो सिनेमामा डबिङ गरिसक्दा पनि आफूले पैसा नपाएको गुनासो उनको थियो ।

तर, अब भने बर्षाले पारिश्रमिक वुझेकी छिन् । उनले सिनेमाको पारिश्रमिक पाएपछि ट्रेलर सार्वजनिक कार्यक्रममा पनि उपस्थिती जनाएकी थिइन् । बर्षाले सिनेमाको काम सकिएपछि भने बाँकी रकम नपाएको बताएकी थिइन् ।
पारिश्रमिक पाएपछि बर्षाले आफूहरुमा असमझदारी भएको बताएकी छिन् । उनले, सिनेमाको प्रचारमा पनि हिड्ने बताएकी छिन् । यो सिनेमा चैत्र १ गतेबाट रिलिज हुन लागेको छ ।
For More videos Log on to Mazzako TV