अभिनेता अनमोल केसी अहिलेका हटकेक हुन् । उनीसँग काम गर्नका लागि जोकोही हिरोइन पनि लालयित हुन्छन् । तर, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भने केही समय अघि आफूलाई अनमोल होइन, अनमोललाई आफू चाहिने बताएकी थिइन् ।

तर, लगातार २ सिनेमाले सोचेजस्तो व्यापार नगरेपछि साम्राज्ञी फेरिएकी छिन् । अभिनेत्रीले आफू अनमोलसँग काम गर्न तयार भएको बताइन् । उनले, अनमोल केसी र आफ्ना लागि मिल्ने कथा आएको खण्डमा काम गर्ने बताइन् ।

उनले, अहिलेसम्म अनमोल र आफूलाई काम गराउनेगरि कुनै पनि सिनेमाको अफर नआएको पनि स्पष्ट पारिन् । साम्राज्ञी अब मारुनी सिनेमामा पुष्पलको जोडी भएर देखिदैछिन् ।

For More videos Log on to Mazzako TV