के भूवनले भने जस्तै क्याप्टेन राष्ट्रिय फिल्म हो ?
के अभिनेता भूवन केसीले भने जस्तै सिनेमा क्याप्टेनलाई राष्ट्रिय सिनेमा भन्न सकिएला ? अभिनेता भूवन केसीले आफूले निर्माण गरेको सिनेमा क्याप्टेनलाई राष्ट्रिय सिनेमा भनेका छन् ।

उनले यो सिनेमाले गाउँबाट संघर्ष गर्ने एक यूवाको कथा सिनेमामा प्रस्तुत गरेको पनि बताएका छन् । अभिनेता भूवन केसीले आफूले राष्ट्रिय सिनेमा बनाएको बताउँदै तर यस्तो सिनेमा छायांकन गर्नका लागि एउटा गतिलो स्टेडियम पनि नेपालमा नभएको बताए ।
अभिनेता केसीले यो सिनेमा जस्तो सिनेमा आफूले अब अर्को बनाउन नसक्ने पनि स्पष्ट पारेका छन् । फागूण १७ गतेबाट रिलिज हुने यो सिनेमामा अनमोल केसी क्याप्टेनको भूमिकामा छन् ।








