अभिनेता दिलिप रायमाझीले आफूले दर्पण छाया जस्तो फिल्म खोजेको बताएका छन् । चलचित्र पत्रकार संघ, दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा दिलिपले आफ्नो करिअरको नै कोशेढुंगा बनेको दर्पण छाया जस्तो सिनेमा खोजेको बताएका हुन् ।

तर, उनले यस्तो सिनेमा नभेटेको पनि बताएका छन् । अमेरिकामा पुगेपछि फाट्टफुट्ट सिनेमामा काम गर्दै गरेका दिलिप सफल भने छैनन् । उनले, आफ्नो एकल कारणले मात्र सिनेमा नचल्ने भन्दै सोचेजस्तो टिम नपाएको पनि उल्लेख गरेका छन् ।

उनले अझै केही समय आफूले बाहिरी ब्यानरको सिनेमामा काम गर्ने पनि बताए । उनले आफू सिनेमा निर्देशनका लागि तयार नभएको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV