निर्मात्री पुनम गौतमले बनाउन लागेको सिनेमा मारुनीको आज शुभसाइत गरिएको छ । यो सिनेमाको छायांकन फागूणको १३ गतेबाट सुरु हुँदैछ । सिनेमालाई अर्को बर्षको भदौ १३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

यो सिनेमालाई नवल नेपालले निर्देशन गर्दैछन् । सिनेमामा दर्शना केसी सह निर्मात्रीको रुपमा छिन् । राजधानीको कमलादिस्थित गणेश मन्दिरमा यो सिनेमाको शुभसाइत गरिएको हो ।
शुभसाइत समारोहमा सिनेमाका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेविका गुरुङको उपस्थिती थियो ।
सिनेमाको फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा पनि बढेको छ । निर्मात्री पूनम गौतमले आफूले फरक कथामा राम्रो सिनेमा बनाउन लागेको बताएकी छिन् ।

For More videos Log on to Mazzako TV