के अनमोल सुपरस्टार हुन् ?
अभिनेता अनमोल केसीलाई नेपाली फिल्ममा सुपरस्टार, मेघास्टार भन्ने गरिन्छ । यो उनलाई अरुले दिएको उपनाम हो । तर, के अनमोल केसीले आफूलाई सुपरस्टार ठान्छन् होला त ? अभिनेता केसीले आफूले आफूलाई त्यो उपाधीले नहेरेको बताए । यो दर्शकले दिएको उपाधी हो ।

यसैले पनि मलाई दर्शकले दिएको मायालाई म स्विकार गर्छु, अनमोलले भने । अनमोलले अहिलेको जेनेरेशनमा सुपरस्टार कोही पनि नभएको बताए । उनले, अझै पनि नेपाली सिनेमाको सुपरस्टारको रुपमा आफूले राजेश हमाल, भूवन केसी र शिव श्रेष्ठलाई नै हेरेको समेत स्पष्ट पारेका छन् । अभिनेता केसीले नेपाली सिनेमा क्षेत्रको सुपरस्टार आफू नभएर संघर्ष गर्दै गरेको कलाकार भएको बताएका छन् ।








