बहुप्रतिक्षित फिल्म ‘क्याप्टेन’ को दोस्रो गीत सार्वजनक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक गरिको हो । गीतमा मेलिना राई र एसडी योगीको स्वर सुन्न सकिन्छ । एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतका रचनाकार हर्क साउद र मनिष ढकाल हुन् । यस अघि सार्वजनिक ट्रेलर र ‘रहर छ सँगै’ बोल गीतले पनि मज्जाको प्रतिक्रिया पाइरहेको छ ।

गीतमा भुवन केसी र निरुता सिंहसंगै अनमोलले ठम्का लगाएका छन् । तिन जनाको केमेष्ट्रि मज्जाको देखिएको छ । गीतमा रेनशा वान्तवा राईको कोरियोग्राफी छ । ‘क्याप्टेन’ फागुन १७ मा रिलिज हुँदैछ । यसमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको फिल्ममा सुदिप बरालको छायांकन छ । भुवन केसी निर्मित फिल्मको कथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा एन्फाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । उनीहरुले फिल्मले फुटबलको प्रवद्र्धनमा योगदान र्पयाउने विश्वास व्यक्त गर्दै फिल्मको मार्के्टिङमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

For More videos Log on to Mazzako TV