अनमोल केसीको फिल्म ‘क्याटेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार काठमान्डौमा प्रेसमिट गर्दै भुवन केसी, निरुता सिंह र अनमोल केसिको नृत्य रहेको
गीत सार्बजनिक गरिएको हो ।

लोक लयको गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ । हर्क साउद र मनिष ढकालको शब्द रहेको गीतमा संगीत एसडी योगी, सुशान्त गौतमको रहेको छ । गीतलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी हुन् ।

फागुन १७ गते रिलिज गरिने फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV