अभिनेता अनमोल केसीलाई मन पराउने यूवतीको संख्या कती होला ? पक्कै पनि अभिनेता केसीको फ्यान केटा भन्दा केटी बढी छन् भनिन्छ । यही भएर पनि अनमोल केसी पनि कोही न कोहीको प्रेममा छन् भन्ने जसलाई पनि लाग्न सक्छ ।

तर, फागूणको १७ गतेबाट रिलिज हुन लागेको सिनेमा क्याप्टेनको प्रमोशनमा व्यस्त रहेका अभिनेता अनमोल केसीले भने भ्यालेन्टाइन मनाउन पाएनन् । उनले सबैलाई समय निकालेर आफ्नो विशेष मानिसलाई समय दिन पनि आग्रह गरे । तर, आफ्नो भ्यालेन्टाइन भनेको पत्रकारसँग मनाएको अनमोलले बताएका छन् ।

अनमोल केसीले प्रेम बाड्ने दिन भएकाले पनि आफ्नो विशेष मान्छेलाई माया गर्न आग्रह गरे । अनमोलले आफू प्रेममा नभएको पनि स्पष्ट पारेका छन् ।

For More videos Log on to Mazzako TV