अभिनेता संजोग कोइरालाले प्रेमिका बर्षा राउतलाई आफ्नो जीवनसाथी बनाएका छन् । २ दिन अघि मात्र इन्गेजमेन्ट गरेका यी दुइले आज बिहे गरेका हुन् । उनीहरुको बिहेमा आफन्तलाई मात्र निमन्त्रणा गरिएको छ । बर्षा र संजोगको बिहेमा संचारमाध्यमलाई प्रवेश दिइएको छैन ।

बर्षा र संजोगले भोली बिहेको पार्टीको आयोजना गरेका छन् । नेपाली फिल्म क्षेत्रमा नाई नभन्नु ल ४ बाट बर्षा प्रवेश गरेकी थिइन् जो अहिले सफल छिन् । संजोगले पनि उत्सव सिनेमा खेलेका थिए । तर, उनी भने व्यवसायमा नै बढी व्यस्त छन् । यी दुई ७ बर्षदेखि प्रेममा थिए ।

For More videos Log on to Mazzako TV