प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर निर्माण युनिटले ‘घाम जून चाहिँदैन’ बोलको गीत सार्वजनिक गरेको हो ।

भियतनाममा छायांकन गरिएको गीतमा प्रदीप र जसिता रोमान्टिक अवतारमा प्रस्तुत छन् । दुईको केमेस्ट्री मज्जाको देखिएको छ । गीतमा गायक सुगम पोखरेल र गायिका रेश्मा पुन मगरको स्वर छ । जसमा दीपक शर्माको शब्द संगीत तथा दीपक र उषा शेरचनको शब्द छ ।

चैत २२ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । प्रदीप र जसिताकासंगै फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।
‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्ममा हो । काफिया फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई गोबिन्द शाही, काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

For More videos Log on to Mazzako TV