अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेको सिनेमा प्रेमदिवसमा समावेश तिम्रै छेउ सरु की म बोलको गीतले युटुबमा भ्यूज कम पायो । यो गीतमा प्रियंका सोलो भूमिकामा छिन् । तर, पनि गीतले कम भ्यूज पायो । निर्देशक योगेश घिमिरे गीतले भ्यूज कम पाएपनि पर्यटन प्रवद्र्धनमा सिनेमाले सहयोग गरेको बताइरहेका छन् ।

निर्देशकको कुरा पनि सही होला । तर, सिनेमा प्रेमगीतको गीत रिलिज भएपछि प्रियंकाको युटुबमा यति धेरै म्यूजिक भिडियो सार्वजनिक भएका छन् कि, दर्शकले कुन फिल्मको, कुन भिडियोको गीत नै थाहा पाउन सकेका छैनन् । प्रियंकाले अहिले त आफूलाई जस्ता गीतमा पनि उभ्याएकी छिन् ।

सायद, प्रियंकाले आफू स्टार कलाकार भएको विर्सिएको हुनुपर्छ । यहि भिडियो धेरै खेल्नाले, जतापनि सस्तो हुनाले हलमा दर्शकले प्रियंकालाई पत्याउन छाडेका छन् ।

For More videos Log on to Mazzako TV