अभिनेता रमित ढुंगानाले महंगो रकम लिएर काम गर्न लागेको सिनेमाको नाम फाइनल भएको छ । उनले काम गर्न लागेको सिनेमाको नाम राजा साहेब राखिएको छ ।

यो नाम चलचित्र विकास बोर्डमा दर्ता भएको छ । रमितले यो सिनेमाका लागि १८ लाख पारिश्रमिक वुझेको हल्ला छ । तर, फिल्मीकर्मीले यो कुरा पत्याउन सकेका छैनन् । सिनेमामा रमित राजा साहेब बन्ने भएका छन् ।
यो सिनेमाको छायांकन चाडै नै सुरु हुँदैछ । सिनेमालाई सरु राइले निर्माण गर्दैछिन् भने विचल राइले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV