साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फ्यानले एउटा कुरामा प्रेसर दिएका छन् । प्रेसर आएपछि साम्राज्ञीले त्यो कुरा पुरा पनि गरेकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा सधै नै मेकअप गरेको फोटो राख्ने साम्राज्ञीलाई फ्यानले विना मेकअपको फोटो राख्न आग्रह गरे ।

बारम्बार आएको आग्रहपछि साम्राज्ञीलाई पनि कर नै लाग्यो । उनले आफ्नो विना मेकअपको तस्बिर राख्दै म विना मेकअप यस्ती छु भनेर देखाएकी छिन् । कलाकारले सधै नै मेकअप गरेको तस्बिर राख्ने गरेका छन् ।

यसैले पनि कलाकारको विना मेकअपको तस्बिर हेर्न दर्शक पनि उत्साहित हुन्छन् । साम्राज्ञीले दर्शकको यो चाहना पुरा गरिदिएकी छिन् ।

For More videos Log on to Mazzako TV