अभिनेता अनमोल केसी अहिले लोभलाग्दो फ्यान फलोइङमा छन् । उनी जहाँ जान्छन्, दर्शकले उनलाई पछ्याउँछन् । उनै अनमोल नेपालगञ्जमा आयोजित खजुरा महोत्सवमा सहभागी हुन पुगेका छन् ।

आइतबार अनमोल पुग्दा २० हजार भन्दा बढी दर्शक महोत्सवमा उपस्थित थिए । अनमोल केसीलाई हेर्नका लागि दर्शकको यो भीड देखिएको हो । अभिनेता केसीलाई महोत्सव स्थलसम्म पुर्याउँदा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनलाई नेपाल प्रहरीले स्कटिङ पनि गरेको थियो । अभिनेता केसीले आफ्नो फागूण १७ गतेबाट रिलिज हुन लागेको सिनेमा क्याप्टेनको भरपुर प्रचार महोत्सवमा गरे ।

साथमा उनले गीत मात्र गाएनन्, दर्शकलाई नचाए पनि । अनमोल आफैले पनि यति धेरै दर्शक महोत्सवमा आएको भन्दै खुशी व्यक्त गरे ।

For More videos Log on to Mazzako TV