विराटनगरको सद्भावना दुत बनिन् दीपाश्री
निर्देशक दीपाश्री निरौलालाई विराटनगर महानगरपालिकाले सद्भावना दुतको रुपमा नियुक्त गरेको छ । दीपाश्री विराटनगरकी स्थानिय बासिन्दा हुन् । हाल, उनी काठमाण्डौमा रहँदै आएकी छिन् । नेपाली सिनेमामा उनको नाम अहिले सर्वाधिक कमाउने निर्देशकको रुपमा पनि परिचित छ ।

तितो सत्य सिरियलमा काम गरेपछि उनी चर्चामा आएकी हुन् । दीपाश्रीलाई स्थानियबासी भएको र कलाकारको सम्मानका लागि सद्भावना दुत बनाएको विराटनगर महानगरपालिकाले बताएको छ । दीपाश्रीसँगै गायक सुमित खड्कालाई पनि सद्भावना दुत बनाइएको हो ।
अब, उनीहरुले विराटनगरको विकासका लागि काम गर्नेछन् । निर्देशक निरौलाले आफ्नै क्षेत्रमा झनै जिम्मेवारी बढेको बताएकी छिन् ।
For More videos Log on to Mazzako TV