‘ए मेरो हजुर ३’ टिजर, अनमोल र सुहाना रोमान्टिक (भिडियो)
झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गरिएको छ । सरस्वती पुजाको अबशर पारेर फिल्मको टिजर युट्युब मार्पत सार्वजनिक गरिएको हो । १ मिनेट १३ सेकेण्ड लामो सार्वजनिक टिजरमा युवास्टार अनमोल केसी र डेब्यु गर्ल सुहाना थापा रोमान्टिक अबतारमा प्रस्तुत छन् । सुहाना अनमोलको फ्यान हुन्छिन् र विस्तारै अनमोलसँगै उनको माया बस्छ, फिल्मको कथावस्तु यसकै वरिपरी घुमेको बुझ्न सकिन्छ ।

सुहाना थापा झरना थापा र निर्माता सुनिलकुमार थापाकि छोरी हुन् । ए मेरो हजुर ३ म्युजिकल लभ स्टोरी फिल्म हो । फिल्म नेपाली नयाँ वर्ष ०७६ को अवसर पारेर चैत २९ गते रिलिज हुँदैछ ।
फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व छ ।
For More videos Log on to Mazzako TV