समर लभको व्यापार, सुख्खा याममा मनसुन जस्तै
आजबाट देशभरका हलमा सोलो रिलिजको रुपमा सिनेमा समर लभ रिलिज भएको छ । यो सिनेमालाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । फिल्ममा आशिष पिया, रेबती क्षेत्री र नम्रता सापकोटाको मुख्य भूमिका छ । सिनेमाको आज प्रेस शो आयोजना गरिएको छ । सिनेमालाई विशेष शोमा रुचाइएको छ ।

मुस्कान ढकालको प्रेम कथालाई सुविन भट्टराइको चर्चित उपन्यास समर लभबाट सापटी लिइएको छ । यो पुस्तक पढ्ने वा नपढ्नेले सिनेमा रुचाउने विश्वास निर्माताको छ । सिनेमा समर लभले नेपाली फिल्मको सुस्त व्यापारलाई उकास्ने अपेक्षा गरिएको छ ।
अहिले नेपाली सिनेमाको व्यापारको गती सुस्ताएको छ । समर लभको उचाइले यसमा मनसुन भर्ने अपेक्षा गर्न सकिन्छ ।








