रेखाले सरकारलाई किन दिइन् यस्तो चेतावनी ?
अभिनेत्री रेखा थापाले नेपाल सरकारसँग आक्रोश पोखेकी छिन् । फेसबुकमा लामो स्टाटस लेख्दै रेखाले सरकारले त्रिभुवन विमानस्थलमा विदेशबाट आउने नागरिकमाथि गरेको क्रियाकलपालाई लिएर आक्रोश पोखेकी हुन् ।

रेखाले लेखेकी छिने, निर्धा जनताले मिटर ब्याज तिरेर पराई देश जान परेकोमा दया नभएको सरकार उनीहरुको कमाइले किनेको नासो देखेर किन यति जलेको होला ? तिनै यूवाको पसिनाको रेमिट्यान्सबाट चलेको देशमा उनीहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ? सक्नेले र हुनुले क्विन्टल सुन छिराउने एयरपोर्टको कहानी जनताले थाहा पाएका छन् ।

रेखाले यो बन्द गरिएन भने आफू एक्लै भएपनि एयरपोर्ट अगाडि विरोध गर्न जाने स्पष्ट पारेकी छिन् । उनले मजदुरको झोला खोस्ने भन्दै सरकारसँग आक्रोश पोखेकी हुन् ।
For More videos Log on to Mazzako TV







