‘एउटीलाई मुटुमा घर’ गीतमा नाच्नुहोस्, पुरस्कार जित्नुहोस्
फिल्म ‘जानी नजानी’ को ‘एउटीलाई मुटुमा घर’ गीतको कभर डान्स भिडियो प्रतिस्पर्धा गरिने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो प्रतिस्पर्धाको घोषणा गरिएको हो । अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर रहेको छ । गीतको भिडियोमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य रहेको छ । भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

एक मिनेट भन्दा माथि चार मिनट सम्मको भिडियो बनाउँनुपर्ने छ । उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुञ्ज क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्ष गर्न पाउने छन् ।
भिडियो यही २० फागुन भित्र janinajani2018@gmail.comमा पठाई सक्नु पर्नेछ । यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफल नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वस आफुले गरेको उनले बताए । फिल्ममा मनिष श्रेष्ठ, सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV