‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हङकङमा हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्डको बारेमा जानकारी गराइयो । सन् २०१९ को जुनमा एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले २० विधामा पपुलर अवार्ड प्रदान गरिने आयोजकले जानकारी दिए ।

अवार्ड समारोहमा एक फिल्मकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान पनि गरिनेछ । हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा उक्त अवार्ड आयोजना हुनेछ । उक्त हलमा ३ हजार ५ सय दर्शक क्षमता रहेको छ । आउँदो मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने डेट फाइनल गरिने संगीक्षा फिल्म्स प्रा.लि का अध्यक्ष मनोज केसीले बताए ।

नेपालमा संगीक्षा फिल्म्स प्रा.लिको तर्फबाट अध्यक्ष मनोज केसीले अवार्ड कार्यक्रमको संयोजन गर्नेछन् । नेपालबाट ६० जना बढी कलाकार, प्राविधिक, पत्रकारको टोलीको सहभागीता रहने अवार्डमा आउने(जाने र बस्ने खर्च अवार्ड आयोजकले नै बेहोर्ने मनोज केसीले बताए । फर्म समेत निशुल्क रहेको बताइएको छ ।

For More videos Log on to Mazzako TV