अभिनेता नाजिर हुसेनलाई तनाव भएको छ । हुनत, उनलाई तनाव हुनुको अर्को कारण उनले काम गरेका सिनेमा नचल्नु पनि हो । लगालग सिनेमा नचलेपछि उनी तनाव झेलिरहेका छन् । फेरि अर्को तनाव आफैले निम्त्याएका पनि छन् । अभिनेता नाजिरले आफै निम्त्याएको तनाव हो, आफ्नो इन्स्टाग्राम आफैले डिलेट गर्नु ।

उनको इन्स्टामा ३५ हजार भन्दा बढी फलोअर्स छन् । ती फलोअर्ससँग उनी नजिक पनि थिए । तर, इन्स्टालाई केही कडा बनाउने धुनमा लाग्दा उनले डिलेट बटन थिचेका थिए । जसलेगर्दा, उनको यो सामाजिक संजाल सधैका लागि डिलेट भएको छ ।

नाजिर हुसेन अब नयाँ इन्स्टा एकाउन्ट खोल्ने या नखोल्ने भन्ने दोधारमा छन् । त्यो भन्दा पनि यति धेरै फलोअर्स भएको एकाउन्ट डिलेट भएपछि उनलाई तनाव त हुने नै भयो ।

For More videos Log on to Mazzako TV