लण्डन उडे पूजा, आकाश र सोनम
सम्हालिन्छ कहिले मनको छायांकनका लागि यसका कलाकार लण्डन पुगेका छन् । सुदर्शन थापाको निर्देशनमा तयार हुने सिनेमाको छायांकन यूकेमा ९ तारिखबाट सुरु हुनेछ । सिनेमाको छायांकनका लागि निर्देशक थापा केही दिन अगाडि नै लण्डन पुगिसकेका छन् ।

अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र सोनम तोप्देन बुधबार बेलुकी लण्डन उडेका हुन् । उनीहरु लण्डन पुगिसकेका छन् । यो सिनेमाको छायांकन करिब २ महिना लण्डनमा चल्नेछ । सिनेमाका लागि कलाकार गौरी मल्ल, सरोज खनाल पनि लण्डन पुग्नेछन् ।
लण्डन उड्नुअघि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै पूजा र आकाशले आफुहरु एकदमै उत्साहित रहेको बताएका थिए ।
For More videos Log on to Mazzako TV