अभिनेता अनमोल केसी र प्रदिप खड्कलाई सिनेमा क्षेत्रका दुई चर्चित दुश्मन भनेर चिनिन्छ । अनमोल र प्रदिपमा को हो अघि बन्ने लडाई पनि छ । सिनेमाको व्यापारिक सफलता र चर्चाको हिसाबले धेरैले अनमोललाई अघि मान्छन् । तर, पनि प्रदिपका फ्यानहरु भने उनलाई नै नम्बर १ मान्छन् । प्रदिप र अनमोलको यो रोचक घम्साघम्सी देखिएको केही समय भयो ।

तर, अब भने यी दुई कलाकारले आफूहरुमा निकटता रहेको देखाउन थालेका छन् । प्रदिपले अभिनेता केसीले अभिनय गरेको सिनेमा क्याप्टेनको ट्रेलर शेयर गर्दै शुभकामना दिएपछि उनीहरुविच सम्बन्ध सुध्रिएको चर्चा पनि भयो । प्रदिपले शुभकामना दिएको केही दिनपछि अनमोलले पनि प्रदिपलाई धन्यवाद दिएका छन् ।

अनमोललाई प्रदिपले धन्यवाद ज्ञापन गर्दै प्रदिपको आगामी सिनेमा लभ स्टेशनलाई पनि शुभकामना दिएका छन् । लभ स्टेशनलाई पनि शुभकामना दिदै अनमोलले स्टाटस लेखेपछि अब उनीहरुबिच सम्बन्ध सुध्रिएको चर्चा सुरु भएको छ ।

For More videos Log on to Mazzako TV