आँचललाई ब्ल्याक नै प्यारो
अभिनेत्री आँचल शर्मा पहिरनको मामालामा पनि चुजी छिन् । उनले लगाएको पहिरनले पनि बेलाबखत त चर्चा पाउने गरेको छ । आँचल शर्माले अभिनय गरेको ब्ल्याक सिनेमा यो बर्ष रिलिज भएको थियो, जुन चलेन । तर, पनि आँचललाई ब्ल्याकको भूतले भने छाडेको छैन ।

सिनेमा नचलेपनि आँचललाई ब्ल्याक पहिरन भने विशेष हो । उनी, आफूलाई कालो रंगको कपडामा देखिदा सधै नै विशेष हुने गरेको छनक दिन्छिन् । आँचल शर्मालाई ब्ल्याक भन्ने सिनेमाले त साथ दिएन । तर, उनी आफू कालो कपडामा राम्री देखिने ठान्छिन् ।
यही भएर पनि होला कालो पहिरनमा उनी प्राय देखिन्छिन् भने सामाजिक संजालमा पनि उनी कालो पहिरन लगाएको समयमा विशेष खुलेकी हुन्छिन् । फिल्म नफापेपनि आँचललाई कालो पहिरन भने सुहाएको छ ।
For More videos Log on to Mazzako TV







