एकातिर नेपाली फिल्म नचलेर विजोग छ । अर्कोतिर, बर्ष सकिने बेलामा सिनेमाको घम्साघम्सी सुरु हुँदैछ । बर्षमा बनेका सय सिनेमामा ६ वटाले लगानी उठाउने अवस्था छैन । तर, पनि सिनेमा बनिरहेका छन् । चैत्र महिना पनि यस्तै एउटा महिना बन्दैछ, जहाँ स्टार कलाकारको घम्साघम्सी रोचक हुनेछ । चैत्रको १५ गते रिलिज हुने सिनेमा साँइली पनि प्रतिक्षित छ । सुन साइली सुन साइली बोलको गीतले चर्चामा रहेको साँइलीको व्यापार राम्रो हुने अपेक्षा गरिएको छ ।

यसको एक सातामा सिनेमा लभ स्टेशन चल्दैछ । प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको यो सिनेमा पनि बर्षकै प्रतिक्षित सिनेमा हो । यो सिनेमालाई साँइली सिनेमाले कती हल खाली गर्ला भन्ने पनि चर्चा छ । तर, लभ स्टेशनले पनि एक साता मात्र पाउनेछ । चैत्र २९ गते यो बर्षकै दुई ठूला सिनेमा ए मेरो हजुर ३ र यात्रा रिलिज हुँदैछ । यात्रा करिब ३ करोड बजेटमा बनेको सिनेमा हो ।

जसमा, सलिनमान बनियाँ मुख्य भूमिकामा छन् । यही मितिमा झरना थापाको निर्देशनमा बनेको सिनेमा ए मेरो हजुर ३ पनि रिलिज हुँदैछ । अनमोल केसी र सुहाना थापाको जोडीले सिनेमाको कुनै पनि प्रचार सामाग्री नआउँदा नै हाइप बनाएको छ । यसैले चैत्र महिनाको फिल्मी व्यापार मात्र होइन, स्टारडमको लडाई पनि हेर्नलायक नै हुनेछ ।

For More videos Log on to Mazzako TV