चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजिनामा दिएकी छिन् । उनले, आफ्नो कार्यकाल सकिनु भन्दा १० महिना अगाडि नै पदबाट राजीनामा दिएकी हुन् । उनले, आफ्नो व्यक्तिगत काममा व्यस्त हुनुपर्ने भएकाले राजीनामा दिएको बताएकी छिन् ।

उनले चलचित्र विकास बोर्डमा रहँदा बक्स अफिस प्रणालीको सुरुवात गरेको देखि कलाकारको सम्मानका लागि काम गरेको पनि उल्लेख गरेकी छिन् । चलचित्र विकास बोर्डबाट राजीनामा दिएपछि निकिताले आफ्ना पती रवि लामिछानेले कालिकोटमा बनाउँदै गरेको अस्पतालमा समय दिने पनि बताएकी छिन् ।

निकिताले आफूले पाएको ३ महिनको तलब पनि पती लामिछानेले बनाइरहेको अस्पतालमा सहयोग गर्ने घोषणा गरेकी छिन् । निकिताले आफूले विकास बोर्ड छाडेतापनि चलचित्र क्षेत्रको हितका लागि सधै नै काम गरिरहने बताएकी छिन् ।

For More videos Log on to Mazzako TV