अनुपको ‘पुरानो बुलेट’ पोस्टर, हङकङमा प्रिमियर
फिल्म ’पुरानो बुलेट’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य तीन पात्र अनुप विक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बु तथा एउटा पोस्टरमा अनुप मात्रै प्रस्तुत छन् ।

संचारकर्मी भिषण राईको डेब्यू निर्देशन रहेको फिल्म पुरानो बुलेट चैत १ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो डेट भन्दा अघि फिल्मको फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुनेछ । वल्र्ड प्रिमियरलाई मध्यनजर गर्दै पोस्टर सार्वजनिक गरेको निर्माण टिमले यो लगत्तै प्रोमो रिलिज गर्ने तयारी गरिरहेको छ ।

फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ ।

फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’मा अशोक कुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।
For More videos Log on to Mazzako TV







