नयाँ हिरोइनलाई तनाव
लगालग सिनेमा असफल भएपछि निर्माता, चलेका कलाकारलाई त तनाव हुने नै भयो । तर, पहिलो सिनेमाबाट नै हिट भएर सिनेमा क्षेत्रमा केही गरौला भन्ने सोच बोकेका नयाँ हिरोइनहरुलाइ पनि तनाव हुन थालेको छ । सिनेमाको असफलताको प्रत्यक्ष प्रभाव उनीहरुमा पर्नेछ ।

गरुण पुराडबाट डेब्यू गरेकी अभिनेत्री प्रियंका सिंह ठकुरी सिनेमा असफल भएपछि अब के गर्ने सोचमा पुगेकी छिन् । उनको करिअरलाई पनि सुरुवातमै झट्का लागेको छ । अर्को सिनेमा रणवीरका २ अभिनेत्री सुवेक्षा खड्का र सुपुष्पा भट्टलाई पनि तनाव हुने भयो नै । यो सिनेमाले चर्चा पाएतापनि बक्स अफिसमा भने खासै राम्रो व्यापार गरेको छैन ।
जसलेगर्दा यी दुइलाई पनि अब करिअर कसरी अगाडि बढाउने भन्ने तनाव छ । सिनेमा रिलिजको समय समेत गतिलो नपर्दा अहिले नेपाली सिनेमा चल्न छाडेका छन् । यसले नयाँ कलाकारलाई तनाव हुन थालेको छ ।








