पिता बन्ने तयारीमा आर्यन
अभिनेता आर्यन सिग्देल अब बाबु बन्ने भएका छन् । फागूणको अन्तिममा उनकी पत्नी सपना भण्डारीले सन्तानलाई जन्म दिन लागेकी हुन् । अभिनेता आर्यन र सपनाले वि.सं २०७१ सलामा बिहे गरेका थिए । तर, आर्यन र सपनाले करिब ४ बर्षसम्म सन्तानको बिषयमा सुरसार नकसेपछि यो बारेमा संचारमाध्यमले पनि प्रश्न सोध्न थालेका थिए ।

तर, अब सबैको बोली बन्द गर्दै आर्यन र सपनाले जुनियर सिग्देललाई जन्म दिन लागेका हुन् । सपना र आर्यनको करिब ४ बर्षसम्म प्रेम थियो । यसपछि, उनीहरु एक हुने निर्णयमा पुगेका हुन् ।
For More videos Log on to Mazzako TV







