निरुतालाई जिस्क्याउँदै अनमोल र भूवन

अभिनेता अनमोल केसी उनका पिता भूवन केसी र अभिनेत्री निरुता सिंहलाई दर्शकले एउटै पर्दामा देख्न पाउने भएका छन् । कर्ली कर्ली कपाल बोलको गीतको छायांकन अहिले धमाधम भैरहेको छ ।

यो गीतमा यी तिन कलाकार देखिदैछन् । क्याप्टेन सिनेमाको ट्रेलरले धुम मच्चाएपछि यो गीत तयार पारिएको हो । केही दिनमै गीतको भिडियो सार्वजनिक हुनेछ । यो गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । सुदिप बरालले भिडियो खिचेका छन् । दिवाकर भट्टराइले निर्देशन गरेको सिनेमाले फुटबलको कथा भन्दछ ।

यो सिनेमाको शिर्ष भूमिकामा अनमोलले काम गरेका छन् । इशान खड्का नाम गरेका पात्रले फुटबल खेल जितेपछि हुने सेलिव्रेशनमा यो गीत तयार पारिएको हो । सिनेमा फागूण १७ गतेबाट रिलिज हुँदैछ ।









