गायक तुल्सी सिवाकोटीको ‘छोरी’ बोलको गीत सार्बजनिक भएको छ । निरज श्रेष्ठको संगीत र एरेन्ज रहेको उक्त गीतमा यसोदा थापा ‘यसु’ को शब्द रहेको छ । उक्त भिडियोमा गायकले आफ्नै छोरी रितिशा सिवाकोटीलाई फिचरिङ्ग गरेका छन र स्वयम्ले समेत अभिनय गरेका छन ।

गीतमा आफ्नी छोरी प्रतिको माया स्नेह प्रस्तुत गरिएको छ । गायक सिवाकोटीको यसअघिनै ‘म त मान्छे सिदा सादा’ बोलको गीत सार्बजनिक भएको थियो । जुन निकै लोकप्रिय बनेको थियो । सुदिप रिमालको छायांकन रहेको ‘छोरी’ बोलको गीतलाई साइग्रेसले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV