यहि माघ २५ बाट प्रदर्शनमा आउँने फिल्म ‘समर लभ’ को स्याड भर्सनको गीत सार्वजनिक भएको छ । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले ‘गुनासो छैन’ बोलको गीत सार्वजनिक गरेको हो ।

पुष्पन प्रधानको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको स्वर सुन्न सकिन्छ । नायक आशिष पिया, नायिका रेवती क्षेत्रीसँगै सुरजसिंह ठकुरीलाई गीतमा प्रस्तुत गरिएको छ । फिल्मलाई यस अघि सार्वजनिक ‘साया’ बोलको गीत र ट्रेलरले राम्रो हाइप बनाइसकेको छ ।

‘समर लभ’ लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको फिल्ममा नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओमप्रतिक लगायत कलाकार पनि मुख्य भुमिकामा छन् ।

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । एकराज तामाङ लाइन प्रोड्यूसर रहँदा सह–निर्मातामा सोपन सरकार र मनोज बिक छन् ।

For More videos Log on to Mazzako TV