रणवीरबाट सुशिलको कामको प्रशंसा ?
शुक्रबारदेखि रिलिज भएको सिनेमा रणवीरले हलमा अपेक्षित दर्शक तान्न सकेको त छैन । तर, यो सिनेमा हेर्नेले भने यसको प्रशंसा गरेका छन् । यो सिनेमाले प्रेम र रिभेन्सको कथालाई उठाएको छ । यो सिनेमाको शिर्ष भूमिकामा अभिनेता सुशिल सिटौला छन् ।

सुशिललाई दर्शकले अहिलेसम्म खासै नोटिस गरेका थिएनन् । तर, यसपटक सुशिलले मिहिनेत गरेका छन् । सिनेमामा सुशिलको द्धन्द्ध र लभको पाटोलाई दर्शकले रुचाएका छन् । सिनेमा हेर्ने समिक्षक र फिल्मीकर्मीले पनि सुशिलको कामको प्रशंसा गरेका छन् ।
सिनेमा रणवीरले सुशिललाई स्थापित गर्ने संकेत त गरेको छ । तर, सिनेमाको व्यापार खासै नहुँदा उनलाई अप्ठ्यारो पर्ने पनि देखिन्छ ।
For More videos Log on to Mazzako TV







