चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई संचार तथा सूचना प्रविधी मन्त्रालयले स्पष्टिकरण सोधेको छ । चौमासिक समिक्षा बैठकका लागि पत्रचार गर्दा पनि उनी बोर्डमा उपस्थित भएकी थिइनन् । बोर्डको काम सन्तोषजनक नभएपछि पनि स्पष्टिकरण माग गरिएको हो ।

मन्त्रालयले आर्थिक बर्ष २०७५–०७६ का लागि चौमासिक समिक्षा बैठक राखेको हो । तर, उक्त मिटिङमा बोर्ड अध्यक्ष पौडेल गइनन् । चलचित्र विकास बोर्डको प्रगती सुनाउने कुरामा बोर्ड अध्यक्ष अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस बिषयमा प्रश्न सोधेका थिए ।

पौडेलले हालै मात्र रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी थिइन् । तर, निकिताले बिदा पनि स्विकृत गराएकी थिइनन् ।

For More videos Log on to Mazzako TV