युटुबको ट्रेन्डिमा किन छैन क्याप्टेनको ट्रेलर ?
अभिनेता अनमोल केसी अभिनित सिनेमा क्याप्टेन फागूण १७ गतेबाट रिलिज हुँदैछ । यो सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि सुरु भएको छ । सिनेमाको ट्रेलरले युटुबमा सबै रेकर्ड ब्रेक गरेको छ । यसैले पनि यो सिनेमाको ट्रेलरमा युटुबको ट्रेन्डिङको शिर्ष स्थानमा पर्छ भन्ने विश्वास यसको निर्मातालाई थियो ।

तर, गीत सार्वजनिक भएको ३ दिन बित्दा पनि युटुबको ट्रेन्डिमा छैन । आखिर किन त ? ओसएसार डिजिटलबाट यो सिनेमाको ट्रेलर सार्वजनिक भएको हो । शुक्रबार क्याप्टेनको ट्रेलर आउनु अघि बिहिबार यात्रा सिनेमाको टिजर आएको थियो । यो टिजरले युटुबमा ट्रेन्डिङ कब्जा गर्यो ।
एउटै च्यानलबाट सार्वजनिक भएका दुई सामाग्री एकैसाथ ट्रेन्डिङमा आउन सक्दैनन् । यसैले पनि क्याप्टेनलाई समस्या परेको हो । अहिले नेपालमा क्याप्टेनको ट्रेलरको भ्युज यात्राको भन्दा माथि छ । यसैले पनि अब युटुबको ट्रेन्डिङमा आउने अपेक्षा गरिएको छ ।








