अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई केही युटुब च्यानलदेखि रिस उठेको बताएकी छिन् । हातमा माइक मात्र होइन, मोबाइल बोक्नेले पनि आफूलाई पत्रकार भएको भन्दै ठूला कुरा गरेको भन्दै उनले रिस उठेको बताइन् । तर, आफूले सबै पत्रकारलाई यसो नभनेको पनि उनको भनाई छ ।

अभिनेत्री खड्काले आफू हजार जुनी सम्मको छायांकनको समयमा रहँदा स्पर्टमा काम गर्ने केटाहरुको समेत युटुब च्यानल रहेको भन्दै गफ गर्दा पत्रकारसँग जे पायो त्यही भन्ने होइन है भन्दै जवाफ पाएको बताइन् । यो घटना पछि आफूलाई अहिले जो पनि पत्रकार भन्दै हिड्न थालेको देखेर दिक्क लागेको स्वस्तिमाको भनाई छ ।

अभिनेत्री खड्काले यो कुरा रोक्न आवश्यक रहेको र यसले गर्दा राम्रा पत्रकारलाई पनि असर पर्ने बताइन् ।

For More videos Log on to Mazzako TV