दिपकले किन लेखे, दर्शक हराएको सूचना
अभिनेता दिपकराज गिरी नेपाली फिल्मका भाग्यमानी कलाकार हुन् । उनले निर्माण र अभिनय गरेका सबै सिनेमा ब्लकबस्टर छन् । उनले बनाएका सिनेमा हेर्नका लागि दर्शकको भीड सय दिनसम्म लाग्छ । तर, उनै दिपकलाई अहिले दर्शक हराएको भन्ने लागेको छ ।

फेसबुकमा उनले दर्शक हराएको सूचना भन्दै स्टाटस लेखेका छन् । यो स्टाटसमा कती गाली त कती ताली पनि आएको छ । छक्का पन्जा ३ पछि चलेका सिनेमाले गतिला दर्शक नपाउँदा नेपाली फिल्मको व्यापार धराशायी बनिरहेको छ ।
दिपकराज गिरीले शुक्रबारदेखि रिलिज भएका ३ सिनेमा गोपी, रणवीर र सय कडा दशले पनि दर्शक नपाएपछि दर्शक हराएको सूचना नै जारी गरेका छन् । दिपकको सूचना सुनेर के अब दर्शक हलसम्म आउलान् त ?